अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

कक्षा–१२ को परीक्षा आजदेखि शुरु, ४ लाख बढी बिद्यार्थी सहभागी

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:२९ मा प्रकाशित

कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा आजबाट सुरु भएको छ । परीक्षामा देशभरका ४ लाखभन्दा बढी विद्यार्थी सहभागी भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । बढीमा साढे एक घन्टाका परीक्षा समय रहेको र देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ । परीक्षा केन्द्रले भौतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन बोर्डले जनाएको छ ।

संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा परीक्षार्थीकोे ज्वरो परीक्षण गरिएको छ भने परीक्षार्थीहरूलाई मास्क वा फेस सिल्ड अनिवार्यरूपमा लगाउनुपर्ने नियम बनाईएको छ । लामो समयदेखि रोकिएको परीक्षा दिन पाउँदा विद्यार्थी पनि खुसी भएका छन् । परीक्षाका क्रममा एउटा कोठामा दुई मिटरको दूरी कायम गरी बढीमा २० जनासम्ममात्र राख्न पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको निर्देशनअनुसार नै परीक्षा सञ्चालन गरिएको परीक्षा केन्द्रहरुले जनाएका छन् ।

केन्द्राध्यक्ष र निरीक्षकलेसमेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने र परीक्षा सुरु भएपछि अन्यलाई प्रवेश नदिने व्यवस्थासमेत गरिएको छ । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै ‘कोड’को व्यवस्था गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू