अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

राजसंस्था पक्षधरले संविधान खारेजीको माग गर्दै मंसिर २० गते आन्दोलन गर्ने

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:३० मा प्रकाशित

राजसंस्था पक्षधरहरुले ‘राष्ट्रिय नागरिक आन्दोलन’का नाउँमा प्रर्दशन गर्ने भएका छन्।२०७२ सालमा जारी भएको नेपालको संविधान खारेजीको माग गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले नागरिकतन्त्र स्थापनाका लागि भन्दै आन्दोलन गर्ने भएका हुन्।

वरिष्ठ अभिवक्ताहरु सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, हेम विक्रमसिलवाललगातका व्यक्तिहरुले जनताबाट निर्वाचन सरकारले नै जनताको पक्षमा काम गर्न नसकेको निष्कर्ष निकाल्दै विकल्प खोज्नुपर्ने अवधारणा अघि सारेका छन्। उनीहरुले अहिलेको सरकारको विकल्पमा नागरिक सरकारको स्थापना हुनुपर्ने मागलाई महत्वका साथ उठाएका छन्।

आन्दोलनलाई अघि बढाउन यही मंसिर २० गते माइतिघर मण्डलामा प्रर्दशन गर्ने कार्यक्रम तय भएको संयोजक न्यौपानेले जानकारी दिनुभयो । राष्ट्रिय नागरिक आन्दोलनले २०६२÷६२ को जनआन्दोलको उपलब्धिका रुपमा मानिँदै आएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता विषय खारेज हुनुपर्ने माघ अघि सारेको छ। उनीहरुले अहिलेको संसदको आकार ठूलो भएकाले त्यसलाई ११५ मा सीमित गर्न प्रस्ताव अघि सारेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू