अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री जोशी साधारण तारिखमा रिहा

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:२० मा प्रकाशित

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारिखमा रिहा हुनुभएको छ । सादगी जीवन शैलीका नेता जोशी नेकपा संयुक्तका तर्फबाट तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठमा जम्मा १२० दिन भूमीसुधार मन्त्री बन्नुभएको थियो ।मन्त्रिपरिषदमा आएको फाइललाई सदर गरेकै आधारमा जोशीलाई आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

विशेष अदालतको म्यादअनुसार सोमबार अदालत उपस्थित भएका जोशीलाई न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले साधरण तारिखमा रिहा गर्न आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो । आयोगले जोशीसहित पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार, त्यस्तै पूर्वमन्त्री डम्बर, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा हालिएको छ। पूर्वमन्त्री मध्ये जोशी पहिला अदालत उपस्थित भएको पाण्डेले जानकारी दिनुभयो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अख्तियारले थप छानबिन गरेर मुद्दा चलाएको थियो। बालुवाटरको प्रधानमन्त्री निवाससँगै जोडिएको ११३ रोपनीभन्दा बढी सरकारी जग्गाका मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको अभियोग छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू