अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

प्रिमियर लिगः लिभरपुलद्धारा लेष्टर सिटी पराजित

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:१९ मा प्रकाशित

लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।गएराति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लिभरपुल ३–० ले विजयी भयो ।यसैगरी वेष्ट ह्याम युनाईटेडले शेफिल्ड युनाईटेडलाई १–० ले हराउँदा एभर्टनले फुल्हममाथि ३–२ को जित निकाल्यो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २० अंक जोडेको टोटनह्याम हट्सपर शिर्ष स्थानमा रहँदा समान २० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो र चौथो स्थानमा रहेका चेल्सी र लेष्टर सिटीको समान १८–१८ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू