अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 03:45

विश्वभर ४ करोड ८ लाख ८४ हजार ६ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:१८ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड ८ लाख ८४ हजार ६ सय ६२ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड ९१ लाख २ हजार १ सय ९१ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १३ लाख ९५ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ६८ लाख २१ हजार ८ सय ८० संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ६७ लाख १८ हजार ८ सय १ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड २५ लाख ९० हजार २ सय २० जना संक्रमित भएका छन् भने २ लाख ६२ हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमित हुँदा १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६० लाख ७१ हजार ४ जना १ संक्रमित भएका छन् भने १ लाख ६९ हजार १ सय ९७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू