अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

हाम्रो टिमद्वारा न्यानो कपडा वितरण

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:१४ मा प्रकाशित

कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ । थापाथलीस्थित प्रसूतिगृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टिम नेपालले न्यानो कपडा वितरण गरेको हो ।

हाम्रो टिम नेपालका उमेश बोहराले विभिन्न संघ–संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिनायता खाना खुवाउँदै आएको बताउनुभयो ।अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुसी भएका छन् ।कोरोनाका कारण गत चैत ११ गतेदेखि ‘लकडाउन’ भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ । यसअघि, खुल्लामञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गतेयता प्रसूतिगृह पछाडिको खुला ठाउँमा खाना खुवाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू