अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

“प्रधानमन्त्रीले सत्ताको अफर गरेका होइनन्”– नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:१२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्तालाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न शर्माको आग्रह छ ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा घटौं भेटवार्ता भएको थियो  । र्प्रवक्ता शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताउनुभयो ।

सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित नरहेको शर्माले उल्लेख गर्नुभयो । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा रहने उहाको भनाई छ ।

प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि शर्माले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू