अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:११ मा प्रकाशित

सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाइलट रहेका छन् । प्याराग्लाइडिङ दुर्घटनाबाट गम्भीर घाइते भएका ३८ वर्षीय राजु गैरे नेपालीको उपचारको क्रममा मृत्यु भएको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

फिस्टेल प्याराग्लाइडिङका नेपालीको उपचारको लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्याउँदा मृत्यु भएको श्रेष्ठले बताउनुभयो । यस्तै प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । प्याराग्लाइडिङ काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ घर भएकी २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी हुन् ।

घाइते श्रेष्ठको मेट्रो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको हो । श्रेष्ठको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्ड हुनुभन्दा २ किलोमिटर अगाडि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू