अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण, थप १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:०८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । देशभर १८ हजार ८ सय ८४ कोरोना सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ । आज (सोमबार) मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू