अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 04:35

ट्रम्पले पेन्सिलभानिया अदालतमा हालेको मुद्दा खारेज

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:१९ मा प्रकाशित

चुनावमा धाँधलीको आरोपसहित पेन्सिलभानिया अदालतमा मुद्दा हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ । पेन्सिलभानिया राज्यको अदालतले उहाँको मुद्दा खारेज गरेको छ । ट्रम्पको निर्वाचन अभियानले हुलाकमार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको हो ।

बाइडेनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभानियामा न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको मुद्दा खारेज गर्नुभएको हो । ट्रम्प अभियानले चुनावमा धाँधली भएको आरोप लगाइरहे पनि कुनै प्रमाण भने दिन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू