अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

इंग्लीश प्रिमियर लिगः म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम शिर्ष स्थानमा

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:०९ मा प्रकाशित

म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम हट्सपर इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । सम्पन्न आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम २–० ले विजयी भयो । म्यान सिटी विरुद्धको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्युङ मिन सन र जियोभानी लो सेल्सोले एक एक गोल गरे । सिटीका लापोर्टेले एउटा पेनाल्टी प्रहार खेर फालेका थिए । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २–० ले हरायो ।

चेल्सीका लागि ट्यामी अब्राहमले एक गोल गर्दा न्युकासलका फेडेरिको फर्नान्डेजले एक आत्माघाति गोल गरे ।गएराती म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई १–० ले हराउँदा ब्राइटनले एस्टन भिल्लामाथि २–१ को जित निकाल्यो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २० अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा उक्लिएको छ । १८ अंकसहित चेल्सी दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको लेष्टर सिटी १८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू