अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

पाण्डेमाथि अभद्र व्यवहार गरिनु लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने गतिविधि – नेकपा नेता नेपाल

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।चितवनमा शनिबार भएको कार्यक्रममा नेता पाण्डेले बोलिरहेको समयमा आफ्नै कार्यकर्ता र त्यहाँका स्थानीयले अवरोध गरेका हुन् । राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला पाण्डेलाई अभद्र व्यवहार गरिएको हो ।

यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवहार गरेको भन्दै असन्तुष्ट हुनुभएको छ । सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि यस्ता गतिविधि पटक्कै नसुहाउने उहाँको भनाइ छ । नेता नेपालले दुर्व्यवहार गर्नेहरूको छानबिन गरेर कडा कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू