अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

व्यङ्ग्यकार पाँडे र हास्य कलाकार पौडेललाई भैरव पुरस्कार प्रदान

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:१८ मा प्रकाशित

साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार २०७६ रामकुमार पाँँडे र भैरव प्रतिभा पुरस्कार राजाराम पौडेललाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले गोकर्णेश्वर नगरपालिकामा रहेको भैरव स्मृति भवनमा गरेको कार्यक्रममा पाँडे र पौडेललाई पुरस्कृत गरेको हो । भैरव पुरस्कार १ लाख र भैरव प्रतिभा पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्ण कदको ढलोटको सालिक राखिने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू