अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

पोखराको प्याराग्लाइडिङमा पर्यटकको ओेईरो

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:०२ मा प्रकाशित

पर्यटकीय क्षेत्र पोखराको पर्यटनको एक मुख्य आकर्षण प्याराग्लाइडिङमा आन्तरिक पर्यटकको ओईरो लागेको छ । कोरोनाका कारण करिब ६ महिनासम्म ठप्प भएको प्याराग्लाइडिङ क्षेत्र आन्तरीक पर्यटकको चापले चलायमान हुन थालेको हो । लकडाउनपछि ब्यवसाय शुरु भएपछि सुरुमा नगन्य उडान रहेकोमा हाल आधा छुटमा उडान गर्न पाईने भएका कारण दैनिक ६ सयसम्म उडान हुने गरेको प्याराग्लाइडिङ संचालकहरुको संस्था नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।

विगतमा ७ हजार रुपैयाँ खर्चिनु पर्नेमा अहिले छुट पाउँदा ३ हजार रुपैयाँमा पोखरामा प्याराग्याईडिङ गर्न पाईन्छ । प्याराग्लाइडिङ कम्पनीले नेपालीलाई आधा घण्टा उडाएको विगतमा ७ हजार रुपैयाँसम्म लिने गरेकोमा अहिले ५० प्रतिशत बढी छुट दिएको ब्यवसायीहरु बताउँछन् ।

प्याराग्लाईडिङ गर्ने आन्तरिक पर्यटकको भीडका कारण अहिले दुई तीन दिन पहिले नै टिकट बुकिङ गरिसक्नुपर्ने अवस्था आएको छ । अनुकुल मौसम, भारी छुट र फुर्सद सदुपयोग गर्दै मानिसहरु काठमाडौं, चितवन, बुटवल, धरान र पाल्पा लगायतका स्थानबाट प्याराग्लाईडिङ गर्न पोखरा आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू