अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

पर्यटकका लागि लुम्बिनी खुल्ला, मायादेवी मन्दिरभित्र भने प्रवेश निषेध

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ६:१२ मा प्रकाशित

कोरोना संक्रमण फैलिएसँगै ८ महिनादेखि बन्द रहेको गौतमबुद्वको जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरिएको छ। बुधबारदेखि लुम्बिनी क्षेत्रलाई खुला गरिए पनि मायादेवी मन्दिरभित्र भने प्रवेश गर्न पाइने छैन। मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैंचा पर्यटकका लागि खुला रहनेछन्।

यसअघि मायादेवी मन्दिर परिसरभित्र प्रवेश निषेध गरिएको थियो। लुम्बिनीभित्र रहेका विहार, केन्द्रीय नहर, विश्वशान्ति दीप क्षेत्र, मन्दिर बाहिर रहेका उद्यान लगायतका क्षेत्रमा पनि यसअघि पनि मानिसहरूलाई प्रवेश दिइएको थियो। कोरोना संक्रमणका कारण आन्तरिक एवं बाह्य पर्यटकलाई प्रवेश निषेध गरिएपछि आठ महिनादेखि लुम्बिनी सुनसान थियो।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको जानकारी दिनुभयो । मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रूपमा मास्कको समेत प्रयोग गर्नुपर्ने छ। त्यस्तै, गेटबाट प्रवेश गर्नुअघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने छ। सुरक्षाकर्मी र कोषका कर्मचारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्नेछन्।

प्रतिक्रिया