अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

नेपालका स्थानिय तहमा ३९६ वटा आधारभूत अस्पताल शिलान्याश गरिंदै , जुट्यो ५८ अर्बको आर्थिक स्रोत

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ६:०६ मा प्रकाशित

स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्नका लागि आर्थिक स्रोत जुटेको छ ।अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न आर्थिक स्रोत सुनिश्चित गरिदिएको हो ।अस्पताल निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत परिचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको मन्त्रालयले जानकारी दिएको हो ।

दुई वर्षभित्र आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको हो ।अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार विनियोजित रकमबाट आवश्यकताअनुसारका ५, १० र १५ शैयाका अस्पताल बनाइने छ ।यो रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा पठाइने जनाइएको छ ।

यसअघि पनि अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ । एक महिनाअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहितको बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसीर १५ गते भवन निर्माणको शिलान्याश गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू