अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

अमेरिकी चुनाव – जर्जियाको फेरि गनिएको मतमा पनि जो बाइडेन विजयी

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ६:०२ मा प्रकाशित

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई फेरि अर्काे एक झट्का लागेको छ । जर्जिया राज्यका चुनाव अधिकारीहरुले जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका हुन् । त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि चलिरहेका थिए तर ट्रम्प खेमाको आपत्ति पछि फेरि मत गनिएको थियो ।

कुल मतको हिसाबमा अहिले जो बाइडेनको जितको अन्तर ५९ लाखभन्दा धेरै छ । अमेरिकाको इलेक्टोरल कलेज मतको अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जितको लागि २७० मत आवश्यक पर्छ ।

जो बाइडेनले फेरि एक पटक हार स्वीकार नगरेको भन्दै डोनाल्ड ट्रम्पको आलोचना गर्दै उहाँको व्यवहारलाई गैरजिम्मेवार बताउनुभएको छ । उहाँले भन्नुभयोे, ‘ट्रम्पलाई आफूले जित्दिनँ भन्ने लागेको थियो ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू