अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

“खोजी आवाजको” पहिलो विजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ८:५८ मा प्रकाशित

काठमाडौँ । रेडियो काठमाडौँ र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमान्डुको कार्यक्रम ईन्द्रेणिको बसाइमा “खोजी आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।

लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरूका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । विजेताहरूलाई एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेकर्ड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।

देशभरका एक सय भन्दा बढी रेडियो एफ एमहरूबाट एकै साथ प्रशारण हुने कार्यक्रम इन्द्रेणी मार्फत देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन ईन्द्रेणिका सञ्चालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमान्डुका स्टेसन म्यानेजर चन्द्रमणि गौतमले गर्ने गरेका छन् । । “खोजी आवाजको” प्रतियोगिताको निर्णायकमा लोक दोहोरी गायक तथा स्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।

पहिलो रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार काठमाडौँ, उपेश परियार दाङ, महेश दवाडी काठमाडौँ, छिना गुरुङ भोजपुर र पृथ्वीराज बडूवाल साउदी अरेबियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।

यस्तै दोस्रो रेडियो अडिसनमा कैलाश कैनी डडेलधुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलाश कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पूर्ण कुमार तिवारी काठमाडौँ, पवित्रा आले मगर काठमाडौँ, नवीन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पूर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।

प्रतिक्रिया