अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

युगाण्डामा निर्वाचनको प्रचारका क्रममा भएको झडप, कम्तीमा ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ६:११ मा प्रकाशित

युगाण्डामा भएको झडपमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३५ जना गम्भीर घाइते भएका छन् ।विपक्षी दलको तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार रोबर्ट कयागुलानीको गिरफ्तारीको विरोधमा भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा बल प्रयोग गर्नुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले गोली चलाएको समाचारमा जनाइएको छ ।निर्वाचनको प्रचारका क्रममा विपक्षी दलका नेताले सरकारले तोकेको स्वास्थ्यको मापदण्ड पालना नगरेको भन्दै नेताहरुलाई पक्राउ गरेको हो ।चुनावी सभामै आफ्ना नेता पक्राउ गरेको भन्दै समर्थकहरुले विरोध गर्नुका साथै हिंसात्मक प्रदर्शन सुरु गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाएको सरकारी अधिकारीहरुले दावी गरेका छन् ।

घटनामा संलग्न रहेको आशंकामा अन्य केहीलाई पक्राउ गरेर थप अनुसन्धान जारी राखेको अधिकारीहरुले जनाएका छन् । निर्वाचन नजिकीएसँगै स्वास्थ्य मन्त्रालयले गत हप्ता कोरोना महामारीबाट बच्नका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू