अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ६:०९ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ ।महासंघले ब्रिटिस काउन्सिलसँग गत कात्तिक २७ गते ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना कार्यान्वयन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

महासंघकी अध्यक्ष भवानी राणाले यस परियोजनामा १७ करोड ९० लाख रुपैयाँ बराबरको बजेटमा १४ महिने कार्यक्रम लागू हुने बताउनुभयो ।परियोजनाले मुलुकको औद्योगिक विकासका साथै उद्योग प्रतिष्ठानका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने, रोजगारी सृजना गर्ने, श्रमबजारसम्बन्धी तथ्यांकको विकास गर्ने कार्यमा सहयोग पुग्ने अध्यक्ष राणाले बताउनुभयो ।

परियोजनामार्फत् व्यावसायिक वर्गीकरण मानकको विकास तथा श्रमबजार सूचना प्रणालीको विकास गरिनेछ । परियोजनाका साझेदार व्यावसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू