अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

‘क्यान’ले ‘एनपीएल’ आयोजना गर्ने

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ६:०६ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिनेछ । क्यानको सम्पन्न ‘भर्चुअल’ वार्षिक साधारणसभाले एनपीएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहनेगरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै, क्यानको २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ । क्यानले २०७६/७७ को लेखापरीक्षण गर्ने जिम्मेवारी एबीएस एन्ड एसोसियट्सलाई दिने निर्णय गरेको छ ।

आव २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ । पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)समक्ष पेस गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू