अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

सुनको मूल्यमा गिरावट, तोलामा ७०० घट्यो

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ६:०२ मा प्रकाशित

सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू