अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

पोखरामा थप ३ जनाको कोराना संक्रमणबाट मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ५:५९ मा प्रकाशित

पोखरामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–१७ की ७५ वर्षीया कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनलाई कात्तिक २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया, हाइपरटेन्सन र मधुमेह लगायतका स्वास्थ्य समस्या रहेको बताईएको छ ।

यस्तै, आज बिहान पोखरा–९ की ८९ वर्षीया कोरोना संक्रमित महिलाको पनि निधन भएको निर्देशनालयले पुष्टि गरेको छ । फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपचारको क्रममा उनको निधन भएको हो । उनलाई कात्तिक २५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । बाइल्याटरल निमोनिया, हाइपरटेन्सन र श्वासप्रश्वास सम्बन्धी समस्याबाट समेत उनी पीडित रहेको बुझिएको छ ।

यसैगरी, लमजुङको बेंसीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको निधन भएको हो । गण्डकी प्रदेशमा बिहीबारसम्म १ सय ३० कोरोना संक्रमितको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू