अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

शेयर बजारमा दोहोरो अंकको सुधार, झण्डै ५ अर्बको कारोबार

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ५:५८ मा प्रकाशित

तिहार बिदापछि बुधबार खुलेको शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।कारोबार पौने ५ अर्ब बढी पुग्यो । उतारचढाव बिच बजार परिसुचक नेप्से २३ अंकले उकालो लागेर १७ सय ४१ बिन्दुमा पुग्यो ।यसदिन कारोबार भएका अधिकांश समुहमा सुधार आएसँगै नेप्से पनि सुधारिएको हो ।

यसदिन जीवन बिमा समूहमा सबैभन्दा उच्च ५ सय २१ अंकको सुधार आँउदा नीर्जिवन बिमा समुह पनि ३ सय ९७ अंकले उकालो लाग्यो ।उत्पादनमुलक समूहमा पनि २ सय ३५ अंकको बृद्धि आयो । व्यापार समूह पनि १ सय ८१ अंकले उकालो लाग्यो ।

अन्य, होटल र लघुवित्त समुह पनि दाहोरो अंकले उकालो लागे ।वाणिज्य बैंक समूह सामान्य अंकले रातो रहँदा विकास बैंक र जलविद्युत समुह भने दोहोरो अंकले ओरालो लाग्यो ।यसदिन ७२ कम्पनीको शेयर मुल्य बढ्दा ८७ कम्पनीको मुल्य घट्यो ।

यसदिन १ सय ९४ कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ७९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ब्याजदर घट्दै जानु र राजनीतिक घटनाक्रमले बजार उकालो लागेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू