अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

भारतमा कोरोना संक्रमण तीव्र, दिल्लीमा पुनः लकडाउन गर्ने तयारी

बिआरटीनेपाल २०७७ मंसिर २ गते ६:०० मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने तयार गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने बताउनु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार केजरीवालले केन्द्रीय सरकारसँग लकडाउन गर्न अनुमति दिन अनुरोध गर्नुभएको छ । पछिल्लो समय दिल्लीका मुख्य क्षेत्रहरुमा कोरोना संक्रमणको दर तीव्र रूपमा बढ्दै गइरहेको छ ।

तीव्र संक्रमणको दर रोक्नका लागि केजरीवालले लकडाउन गर्न अनुमाति माग गरेको बताइएको छ । लकडाउन नभएपनि दिल्लीमा यसअघि खुकुलो बनाइएको प्रतिबन्ध साँघुरो पारिएको छ । विवाहलगायत जमघटमा यसअघि २ सय जनाको उपस्थित हुन दिइएकोमा अब ५० जनामा सिमित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू