अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा संरचना गठन हुने

बिआरटीनेपाल २०७७ मंसिर २ गते ५:५८ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा संरचना गठन गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा संरचना आवश्यकता रहेकोमा जोड दिनुभभएको हो । े

अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने उहाँको भनाइ छ । यसका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडी बढाएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी क्षमताको विमानस्थल सुरक्षा ब्यारेक निर्माण सम्पन्न भएपछि आज उद्घाटन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू