अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

हङकङको नेपाली रेस्टुरेन्टमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, मृतकमध्ये ७ नेपाली

बिआरटीनेपाल २०७७ मंसिर २ गते ५:५५ मा प्रकाशित

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । कार्मालोन क्षेत्रमा नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको हो।

मृत्यु हुनेमध्ये ७ जना नेपाली रहेको र सबैको सनाखत भइसकेको छ। आगलागीमा परी मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीय कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ चिनियाँ सञ्चार माध्यामले जनाएका छन् ।

३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी हुँदा अन्य ४ जनाको पनि ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू