अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

ठाउँ तोक्न नसक्दा पुनः खुलामञ्चमै खाना खुवाइयो

बिआरटीनेपाल २०७७ मंसिर २ गते ५:४८ मा प्रकाशित

काठमाण्डौ महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ । महानगरले ठाउँ तोक्न नसकेपछि खुलामञ्चमै खाना खुवाइएको हाम्रो टिम नेपालले जनाएको छ ।कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा भेला नगराइ कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन विभिन्न सङ्घ संस्थालाई आग्रह गरेको थियो । त्यही सम्झौताअनुसार मङ्गलबारदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताउनुभयो । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भए पनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उहाँले बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा सङ्क्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहयोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू