अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

कोरोना सङ्क्रमितको उपचारमा खटिएका २ जना डाक्टरको कोरोनाबाटै निधन

बिआरटीनेपाल २०७७ मंसिर १ गते ९:०१ मा प्रकाशित

काठमाडौँ, कोरोना संक्रमित बिरामीहरूको उपचारमा खटिँदै आएका दुई जना डाक्टरको कोरोना सङ्क्रमणबाटै निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ति अनुसार डाक्टर द्वय सुनिल झा र नारायण थापाको निधन भएको हो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. झा चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् ।

यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा ईशान हस्पिटलका अध्यक्ष हुन् । डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ । यसै सन्दर्भमा विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकहरूको निधनबाट देशलाई ठुलो क्षति पुगेको जनाउँदै समवेदना प्रकट गरेको छ ।

मन्त्रालयको विज्ञप्ति:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू