अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

हरि उप्रेतीको शब्दमा रानी शाक्यको चियावारिमा सार्वजनिक

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते १०:३० मा प्रकाशित

काठमाण्डौं । नेपाली सुगम सङ्गीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘चियावारिमा’ गीतको भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रूपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाएको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको सङ्गीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरूलाई समेटिएको छ ।

ज्ञानु राईको छायाङ्कन, सुवास लिम्बुको सम्पादन तथा उसा मलाहा सिम्रनको निर्देशन भिडियोमा रहेको छ । चियावारिमा गीतको भिडियोमा रविना प्रधान, सन्तु थापा मगर, भुपाल, बुढाथोकी र विक्रम धिमालको अभिनय रहेको छ ।

चियावारिमा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू