अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

केकी र रमेशको ‘माया लाऊँ कि नलाऊँ भो’ सार्वजनिक (भिडियो )

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते ९:४८ मा प्रकाशित

बिर्तामोडमा बसेर गीत सङ्गीतसँगै अटो मोबाइल व्यवसाय क्षेत्रमा संलग्न गीतकार चूडामणि पौडेलको ‘माया लाऊँ कि नलाऊँ भो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा चूडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ । गीतका शब्द चूडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन् । रोमी बस्नेतले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको छ । भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । शङ्कर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका टिका प्रसाईको अफिसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया