अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

नाजिर र उषा अभिनीत उर्मिलाको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते ९:४३ मा प्रकाशित

काठमाडौँ । तिहारको कोसेली स्वरूप अमेरिकाबाट गायिका उर्मिला लाम्गादे र वरिष्ठ गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन् । यस गीतलाई मोहित मुनालले सङ्गीत संयोजन गरेका हुन् ।

युवा युवतीको बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेती फिचर्ड छन् । रवीन्द्र न्यौपानेले छायाङ्कन गरेको यस भिडियोलाई दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो ।

गायक बरालसँग पहिलो पटक सहकार्य गरेकी गायिका लाम्गादले यस गीतबाट आफू निकै आशावादी रहेकी बताएकी छिन् । १३ बर्सपछि गायन यात्रामा फर्किएकी लाम्गादेले आगामी दिनहरूमा स्तरीय सिर्जनाहरू सार्वजनिक गर्दै जाने बताएकी छिन् ।

प्रतिक्रिया