अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

युएफा नेशन्स लिगमा फ्रान्स, जर्मनी र स्विडेन विजयी

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते २१:०० मा प्रकाशित

युएफा नेशन्स लिग फुटबलका खेलहरुमा फ्रान्स, जर्मनी र स्विडेन विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत लिग ‘ए’ को खेलमा फ्रान्सले पोर्चुगललाई उसैको मैदानमा १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई विजयी गराउन ५३ औं मिनेटमा एन्गाोलो कान्टेले निर्णायक गोल गरे ।

यही समुहको अर्को खेलमा स्विडेनले क्रोएशियालाई २–१ ले हराएको छ । युएफा नेशन्स लिगकै अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ ले पराजित गर्यो । जर्मनीका लागि टिमो वेर्नरले २ गोल गर्दा लेरोए सानेले एक गोल थपे । युक्रेनका यारेम्चुकले खेलमा पहिलो गोल गरेका थिए ।

नेशन्स लिगकै अर्को खेलमा स्पेन र स्विटजरल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्विट्जरल्याण्डका लागि रेमो फ्रिउलरले पहिलो गोल गरे । तर स्पेनका जेरार्ड मोरेनोले एक गोल गर्दै खेल बराबरी गरे । यो खेलमा स्पेनले दुईवटा पेनाल्टी हान्ने अवसर पाएपनि दुबै अवसरलाई सर्जियो रामोसले खेर फाले ।

यो खेल रामोसका लागि निकै महत्वपूर्ण थियो । स्पेनका लागि १ सय ७७ खेल खेल्दै रामोस सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बनेका छन् । यसअघि उक्त किर्तीमान इटालीका जियानलुगी बुफोनको नाममा थियो ।

प्रतिक्रिया