अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते २०:५० मा प्रकाशित

हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त हुनुभएको छ । संक्रमणमुक्त भएसँगै उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको गजुरेलले जानकारी दिनभएको छ ।

‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । गजुरेलले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिनुभएको छ ।

‘अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखि नै धन्यवाद’, गजुरेलले भन्नुभएको छ, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दीपावलीको सबैलाई शुभकामना ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू