अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

ट्रम्प, जो बाइडेन र कमला ह्यारिसले दिए दीपावलीको शुभकामना

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते २०:५३ मा प्रकाशित

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा घर, कार्यालय, समुदाय र पूजा स्थलमा दियोको प्रकाश बढ्दै जाँदा त्यसले आफुहरुलाई नयाँ आशातर्फ डोर्याउने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ , ‘अमेरिकी दीपावली मनाउन जहाँ दियो जलाउँछन्, त्यस ठाउँमा यो देश धार्मिक स्वतन्त्रताको प्रतीकको रुपमा चिनिन्छ ।’

ट्रम्पका साथै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पनि दीपावलीको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उनले ट्वीटमा भन्नुभएको छ , ‘करौडौँ हिन्दू, जैन, शिख र बौद्ध उज्यालोको तिहार मनाइरहेका छन् । जिल बाइडेन र मेरो तर्फबाट दीपावलीको शुभकामना । तपाईँको नयाँ वर्ष आशा र खुसीले भरपूर होस् । शुभकामना ।’

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्वीट गर्दै दीपावलीको शुभकामना दिनभएको छ  । ‘दीपावली र यस वर्षको शुभकामना । विश्वभर रहनुभएका सबै जना एक सुरक्षित, स्वस्थ र खुसीका साथ नयाँ वर्षको उत्सव मनाउनुहोस् डगलस एम्पहफ र मेरो इच्छा छ’, ह्यारिसले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू