अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

तिहारमा रंगोली बनाउने सजिलो तरिका

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते २१:५० मा प्रकाशित

नेपालीको दोस्रो महान चाड तिहार हाम्रो घर दैलोमा भित्रिसकेको छ । यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा गरि मनाइदैछ । तिहार भन्ने बित्तिकै विशेषगरि हामी झिलिमिली रमाइलो रंगीन पर्व भन्ने बुझ्छौं । घरका भित्ता, झ्याल, ढोकालाई दियो बत्ती र फूलको मालाले सजिसजाउ गरेर चिटिक्क पार्ने गछौं ।

आँगनमा विशेष गरि लक्ष्मी पूजाको दिन रंगोली बनाउने गरिन्छ । नेपालमा रंगोली बनाउने पूरानो पररम्परा नभएता पनि पछिल्लो समय गाउँका आँगनहरु पनि सुन्दर रंगोलीमा सजिएको देख्न सकिन्छ ।

विभिन्न रंगको प्रयोग गरि बनाइने रंगोलीले घर आँगनलाई सुन्दर बनाउनुका साथै सबैमा उत्साह जगाईदिन्छ । रंगोली हेर्दा बनाउन जति गाह्रो लाग्छ तर केही उपाय अपनाइयो भने त्यति नै सजिलो पनि हुन्छ । रंगोली बनाउँदा छान्नी, छुरा या गोलो आकारको वस्तु आदिको सहयोगले छोटो समयमानै आकर्षक रंगोली बनाउन सकिन्छ ।

आवश्यक सामाग्री

१. चामलको पीठो, सेतो अबिर, रातो अबिर, हरियो जस्तो रंग तपाईलाई राम्रो लाग्छ ३०० ग्राम जति तयार पार्ने
२. कलमको कभर या कागजको मसिनो पारेर सोली तयार गर्नुहोस् ।

प्रथम चरण

१. सबैभन्दा पहिले तपाँईले रंगोली बनाउने ठाउँ (घरको आगन या सिकुवा ) बडारकुडार गरेर लिपपोत गरेर सुकिलो बनाउनुहोस् ।
२. तयार पारेको पीठो या कुनै एउटा अबिरलाई कलमको कभर या कागजको सोलीको सहायताले समान दुरीमा नौ वटा समान थोप्ला बनाउनुहोस् ।

दोस्रो चरण
१. समान नौ वटा थोप्ला मध्ये सुरुको थोप्ला र अन्तिमको थोप्लालाई गोलो घेरा लगाउनुहोस् ।

तेस्रो चरण

१. दायाँ पट्टिको सुरुको दोस्रो थोप्ला र बायाँ पट्टिको दोस्रो थोप्लालाई अंग्रेजी अंक आठको आकारमा गोलो बनाउँनुहोस् ।

चौथो चरण

१. अन्तिमको गोलो पारिएको दाँया पट्टिको थोप्ला र बायाँ पट्टीको थोप्लालाई पनि अंग्रेजी अंक आठको आकारमानै गोलो बनाउँनुहोस् ।

पाँचौं चरण

१. बीचमा खाली रहेका तीनवटा थोप्लालाई एकैसाथ आठ कै आकारमा गोलो बनाउनुहोस् ।

अब तपाईको सुन्दर रंगोली तयार भयो । बनेको रंगोलीको बीचबीचमा तपाईले दियो बालेर राख्न सक्नुहुन्छ भने विभिन्न रंगका अबिर थप गरेर यसलाई अझै सुन्दर पनि बनाउन सक्नुहुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू