अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

विश्वभर ३ करोड ७२ लाख ९० हजार ३ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:३१ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ७२ लाख ९० हजार ३ सय ६० जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड ३२ लाख १७ हजार ५ सय ४२ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १३ लाख १ हजार ६ सय २९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ४६ लाख २५ हजार ५ सय ५३ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ९५ हजार ८ सय २१ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ४५ लाख २९ हजार ७ सय ३२ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ८ लाख ७३ हजार ९ सय ३६ जना संक्रमित भएका छन् भने २ लाख ४८ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८७ लाख २९ हजार १ सय ९० जना संक्रमित हुँदा १ लाख २८ हजार ७ सय २२ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५७ लाख ८३ हजार ६ जना ४७ संक्रमित भएका छन् भने १ लाख ६४ हजार ३ सय ३२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू