अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 05:36

पोखरामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:२३ मा प्रकाशित

पोखरामा ४७ जनासहित गण्डकी प्रदेशका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार दिउसो कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ३ का ३ पुरुष तथा ३ महिला, ४ का २ पुरुष, ५ का ३ पुरुष, ६ का ५ पुरुष, ८ का २ पुरुष, ९ का २ पुरुष १ महिला, १० का १ पुरुष ३ महिला, ११ का २ पुरुष, १२ का २ पुरुष, १३ का १ पुरुष, १४ का १ पुरुष, १५ का १ पुरुष तथा २ महिला, २१ का ३ महिला, २२ का १ पुरुष, २६ का १ पुरुष तथा १ महिला, वडा नखुलेका ४ पुरुष रहेका छन्

त्यस्तै बागलुङ बडिगार्डका १ पुरुष, लमजुङ बेँसीशहरका १ पुरुष, म्याग्दी बेनीका १ पुरुष, स्याङ्जा पुतलीबजारका २ पुरुष, तनहुँ व्यासका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जनाकारी दिनुभयो । योसँगै प्रदेशमा ९ हजार ९ सय ८२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू