अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

नेपालमा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण, ३ हजार ५ सय ३७ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ कार्तिक २८ गते ६:२० मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । शुक्रबार थप २ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

अब नेपालमा ३७ हजार २२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ९ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू