अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

मुकेश देवले ल्याए देउसी गीत

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ८:४७ मा प्रकाशित

धरान । कोरोनाको महामारीको कारण यसपालि देउसी खेल्न निषेध गरे पनि धमाधम हरेक वर्ष झैँ देउसी गीतहरू निकाल्ने क्रम यस वर्ष पनि जारी नै रहेको छ I यसैको भीडमा गायक मुकेश देवले तारा लक्सम लिम्बु , विनोद खम्बु , मिना निरौला लगायतका गायक गायिकाहरू सँगको सामूहिक देउसी गीत रिलिज गरेका छन् ।

“तिहारै आयो मनै रमायो” बोल रहेको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

केदार धितालको शब्दमा विनोद खम्बुको सङ्गीत रहेको गीतमा मुकेश देव, तारा लक्सम लिम्बु , विनोद खम्बु र मिना निरौलाको स्वर सुन्न सकिनेछ ।

तिहारै आयो मनै रमायो
चेली देख्दा माइतीको आँसु बरर हो, आँसु बरर
खुसीको आँसु झर्छ बरर
माइती देख्दा चेलीको आँसु बरर हो, आँसु बरर
वर्ष र दिनको चाड र पर्व
चेली माइती सङ्ग सङ्गै मनाउ मिलेर हो, मनाउ मिलेर
माइतीको साथ पाए चेलीले
दुःख बिर्सी सुखको आँसु बरर माइती, आँसु बरर
आहै झिलिमिली झिलिमिली देउसिरे
आहै के को झिलिमिली देउसिरे

भिडियो लिङ्क :-

प्रतिक्रिया