अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

नेता चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:३९ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री तथा जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निमोनियाबाट थलिएका केसीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई कोरोना पोजेटिभ पनि देखिएको छ । केसीको उपचारमा खर्च अभाव भएपछि राष्ट्रिय जनमोर्चाले बुधबार सहयोगको अपिल गरेको थियो ।

यसैबीच केसीको उपचारका लागि आर्थिक संकलन नगरिने भएको छ । जनमोर्चाले आज एक विज्ञप्ति जारी गर्दै केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताइसकेका कारण उपचार खर्च जुटाउनका लागि आर्थिक संकलन नगर्ने जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू