अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

पूर्वमन्त्री भीमप्रसाद गौतमको ७२ बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:३८ मा प्रकाशित

पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेका गौतमको आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । गौतम पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य एवं तनहुँको कम्युनिस्ट आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो । गौतमका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू