अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

राजसंस्थाको पूर्नस्थापनाको पक्षमा वीर गोर्खाली नामक समूहद्धारा विराटनगरमा मोटरसाइकल र्याली

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:३४ मा प्रकाशित

राजसंस्थाको पूर्नस्थापनाको पक्षमा वीर गोर्खाली नामक समूहले विराटनगरमा मोटर साईकल र्यालीको आयोजना गरेको छ । मोटरसाईकल र्यालीका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य नरेश राईले राजनीतिक दलबाट जनता दिक्क भइसकेको हुदाँ राजतन्त्रको विकल्प नभएको बताउनुभयो ।

उहाँले कोरोना महामारीका क्रममा समेत सरकार गैह्र जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाउनुभएको छ । यतिबेला मुलुकलाई नै राजनीतिक दलहरुले अस्तब्यस्त बनाएको बताएका राईले राजतन्त्रको पुनरागमन अपरिहार्य भएको उल्लेख गर्नुभयो । नेपाल विद्धत परिषदका उपाध्यक्ष बल्लभप्रसाद दाहालले मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता कायम हुन नसक्ने ठहर गर्नुभयो ।

मुलुकको प्रतिष्ठा कायम राख्न राजसंस्थाको आगमन अहिलेको आवश्यक्ता भएको बताउनुभएका उहाँले सोही विषयको निरन्तरताका क्रममा कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो । राप्रपाका मोरङ अध्यक्ष डा. दुर्गाप्रसाद अधिकारीले कार्यक्रम आयोजकसँग राजतन्त्रको एजेण्डा एकै भएको हुदाँ र्यालीमा सहभागि भएको बताउनुभयो । यसप्रकारको कार्यक्रमले जनमत सृजना गर्ने हुदाँ गणतन्त्रप्रति जनतामा वितृष्ण बढ्दै गएको उहाको आरोप थियो ।

र्यालीकासहभागिले ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संबिधान खारेज गर’‘२ हजार ४७ को संबिधान लागू गर’ र ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू