अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

विश्वभर ३ करोड ६७ लाख ६७ हजार १ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:३० मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ६७ लाख ६७ हजार १ सय ९ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड २५ लाख ६९ हजार ५ सय ५० पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख ९१ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ४५ लाख १० हजार ५ सय ९० संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ९५ हजार २ सय ४२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ४४ लाख १५ हजार ३ सय ४८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ७ लाख ८ हजार ७ सय २८ जना संक्रमित भएका छन् भने २ लाख ४७ हजार ३ सय ९८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८६ लाख ८५ हजार ८४ जना संक्रमित हुँदा १ लाख २८ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५७ लाख ५९ हजार ७ जना संक्रमित भएका छन् भने १ लाख ६३ हजार ४ सय ६ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू