अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

‘सन् २०३५ सम्ममा चीन युगकै समाजवादी मुलुक’ बन्ने

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:२१ मा प्रकाशित

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको केन्द्रीय कमिटी बैठकले चीनलाई आगामी १५ वर्षमा आधुनिकीकरण गर्नका लागि महत्वपूर्ण मार्ग निर्देश गरेको छ ।चीनलाई आधुनिक उन्नतिको मार्गमा लैजान बैठकले दीर्घकालीन योजना अघि सार्दै चिनियाँ आन्तरिक बजारलाई बलियो बनाउने नीति लिएको छ । आधुनिकीकरणको नीति पूर्ण रुपमा कार्यान्वयन गरी सन् २०३५ सम्ममा चीनलाई यस युगको समाजवादी मुलुक बनाउने पनि लक्ष्य राखिएको छ ।

यी लक्ष्य प्राप्तिका लागि आगामी पाँच वर्षसम्म सीपीसी र चिनियाँ सरकारले संयुक्त रुपमा काम गर्ने गरी दुई पक्षीय कार्ययोजना लागू गरिने भएको छ । पञ्च वर्षीय योजनाको माध्यमबाट चीनलाई आगामी १५ वर्षमा आर्थिक र प्राविधिक दृष्टिले बलियो, राष्ट्रियतामा सशक्त बनाई विश्वकै नेतृत्वदायी मुलुक बनाउने पार्टीको योजना छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको योजना प्रस्तुत गर्दै महासचिव एवं राष्ट्रपति सी चीन फिङले चौधौं पञ्च वर्षीय योजनाले सन् २०२५ सम्ममा आर्थिक र सामाजिक विकासको दीर्घकालीन लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा प्रस्तुत योजना अनुसार यस वर्ष चिनिया ग्राहस्थ्य उत्पादन १ सय ट्रिलियन युआन पुग्ने अपेक्षा गरिएको छ । चिनियाँ उत्पादनको स्तर वृद्धि गरी आगामी ५ वर्षमा चिनिया अर्थतन्त्रलाई स्वस्थ र स्थिर बनाइने पनि योजनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू