अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद : बाइडेन

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद भएको बताउनुभएको छ ।उहांले ट्रम्पको कदमले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने पनि बताउनुभयो ।विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका बाइडेनले कुनैपनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताउनुभयो ।

तर ट्रम्पले ट्वीट मार्फत अन्ततः आफूले चुनाव जित्ने उल्लेख गर्नुभएको छ ।बाइडन गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले हार स्वीकार नगर्नुले राष्ट्रपतिको लिगेसीलाई सहयोग नगर्ने बताउनुभयो ।उहांले जनवरी २० को शपथको दिनलाई लक्षित गरि अन्ततः राम्रो दिन आउने बताउनुभयो ।

बाइडेनले विश्वका विभिन्न नेताहरुसंगको संवादमा अमेरिका पुनः विश्व मञ्चमा फर्किएको जानकारी गराएको बताउनुभयो ।अमेरिकामा प्रत्येक चार वर्षमा हुने चुनावमा सञ्चारमाध्यमहरुले मतगणना अन्तिम चरणमा पुग्दै गएपछि विजयी उम्मेदवारको नाम घोषणा गर्छन् ।

तर नतिजा स्वीकृत हुन भने समय लाग्छ । राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गर्छन् । बाइडन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमककालको काम थाल्ने प्रयास गरिरहनुभएको छ । तर ट्रम्प प्रशासनले अन्तरिमकाललाई अहिलेसम्म सहज बनाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू