अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

त्रिवि सेवा आयोगद्वारा २४० परीक्षार्थीको परीक्षा रद्द

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:०३ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको भन्दै २४० परीक्षार्थीहरुको परीक्षा रद्द गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले निर्देशनविपरीत परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम, रोल नम्बर र फोन नम्बर लेखी परीक्षाको मर्यादा उल्लंघन गरेका परीक्षार्थीहरुका उत्तरपुस्तिका र परीक्षा रद्द गरेको जानकारी दिएको हो ।

आयोगले आर्थिक वर्ष २०७५/ ०७६ मा विभिन्न विज्ञापन नम्बर तथा खुला प्रतियोगिताहरुको माध्यमबाट उपप्राध्यापक पदका लागि २०७६ कात्तिक २८ देखि पुस २ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यसरी रद्द गरिएकामा चिकित्साशास्त्र अध्ययन संस्थानका १६, इन्जिनियरिङ अध्ययन संस्थानका १०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका ६ , विज्ञान तथा प्रविधि अध्ययन संस्थान ७७, मानविकी तथा सामाजिकशास्त्र संकायका ५९, शिक्षाशास्त्र संकायका ३० र व्यवस्थापन संकायका ३८ जना परीक्षार्थी छन् ।

यस्तै, कम्युटर एप्लिकेसन, नेपाली, ग्रामीण विकास र समाजशास्त्र गरी ४ विषयका ४ जना परीक्षार्थीहरुको पनि परीक्षा रद्द गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू