अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

अमेरिकी कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी

बिआरटीनेपाल २०७७ कार्तिक २५ गते ६:५७ मा प्रकाशित

अमेरिकी औषधी कम्पनी फाइजरले आफुहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ ।विभिन्न ६ मुलुकका ४३ हजार मानिसमा गरिएको परिक्षण प्रभावकारी सावित भएको फाइजरले जनाएको छ ।

खोप अनुमोदनका लागि नोभेम्बरको अन्त्यसम्म सम्बन्धित निकायमा पेश गरिने फाइजरका अध्यक्ष डा.अल्बर्ट बोर्लाले बताउनुभयो ।जर्मन कम्पनी बायोएन टेकसंगको सहकार्यमा फाइजरले बनाएको कोरोनाबिरुद्धको खोपको परिक्षण अन्तर्गत अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका, र टर्कीका संक्रमितहरुलाई तीन साताको फरकमा २ डोज लगाईएको थियो ।

जसअनुसार दोश्रो डोज लगाएको ७ दिनपछि गरिएको परिक्षणमा यो खोपले भाइरसबाट ९० प्रतिशत सुरक्षा दिएको पाइएको फाइजरले जनाएको छ । अध्यक्ष बोर्लाले आगामी डिसेम्बरसम्ममा ५ करोड डोज आपूर्ति गर्ने दाबी गर्दै सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३० करोड डोज आपूर्ति गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू