अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 02:55

सुनको मूल्य आज एकैदिन ३४ सयले घट्यो

बिआरटीनेपाल २०७७ कार्तिक २५ गते ६:४९ मा प्रकाशित

सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाले घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सयले कमी आएर ९४ हजार ८ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलाको ९८ हजार २ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेसँगै स्थानीय बजारमा पनि सुनको मूल्यमा कमी आएको हो ।

यस्तै आजै चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । हिजो १२ सय ८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज एकैदिन ७० रुपैयाँले घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स १८ सय ८१ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू