अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

विश्वभर ३ करोड ६१ लाख ५४ हजार ८ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक २५ गते ६:४३ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ६१ लाख ५४ हजार ८ सय ४२ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड १३ लाख ६९ हजार ५ सय ७६ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख ७१ हजार ५ सय ११जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ३९ लाख ४३ हजार २ सय २३ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ९४ हजार २१ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ३८ लाख ४९ हजार २ सय जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ४ लाख २५ हजार ३ सय ७२ जना संक्रमित भएका छन् भने २ लाख ४४ हजार ४ सय ७० जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८५ लाख ९१ हजार ७ सय ३० जना संक्रमित हुँदा १ लाख २७ हजार १ सय ४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५६ लाख ७५ हजार ७ सय ६६ जना संक्रमित भएका छन् भने १ लाख ६२ हजार ६ सय ३८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू